सिटिजन लाइफद्वारा समता फाउन्डेसनलाई सहयोग


काठमाण्डौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा कम्पनीका अध्यक्ष प्रदीपजंंग पाण्डे, संचालक समितिका तीन सदस्य साथै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत दशरथमणी खड्काद्वारा फाउन्डेसनका निर्देशक दीपक सन्जेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको जनाएको छ । सो सहयोगले समतालाई छात्रवृती अक्षय कोष स्थापना गरी विद्यालय सन्चालन गर्न केहि मद्दत हुने अपेक्षा रहेको कम्पनीले जनाएको छ ।

फाउन्डेसनले ७७ वटै जिल्लामा करिब ४० हजार विद्यार्थी सहित (मात्र रु १०० प्रती विद्यार्थी प्रती महिना) ८३ वटा समता विद्यालय संचालन गरीरहेको छ । २३ वर्षको शैक्षिक ईतिहास बोकेको फाउन्डेसनले हालसम्म १२ हजार बालबालिकालाई शिक्षा दिई सकेको छ । यस्तै १ हजार ७ सय जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिन सफल भएको जनाइएको छ । कम्पनीले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा संस्थागत समाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यस वर्ष पनि कम्पनीका सम्पूर्ण शाखा कार्यालयहरुले विभिन्न स्थानमा बीमा साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *