एमाले नेता नविना लामासहित १० जना घाइते


काठमाडौं । काभ्रेको बेथानचोकमा गाडी दुर्घटना हुँदा एमाले केन्द्रीय सदस्य नविना लामासहित १० जना घाइते भएका छन् । दुर्घटनामा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामा पनि घाइते भएकी छिन् ।

उनीहरुसहित १८ जना चढेको बा १४ च ७०७७ नम्बरबो बोलेरो गाडी काभ्रेको बेथानचोकस्थित तालढुंगाबाट बेथानचोक आउँदा बाटोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा पुगेका बेथानचोक १ का वडा अध्यक्ष मधुसुदन तिमल्सिनाका अनुसार गाडी सडकमै पल्टिएको थियो । घाइतेहरुलाई उपचारका लागि धुलिखेल पठाइएको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *