फोनपेले गर्‍यो एक दिनमै १० अर्ब बढीको कारोबार


काठमाडौं । फोनपेले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गरेको बताएको छ । कम्पनीले असोज ३० गते यो ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको हो । यो कीर्तिमान नेपालको सम्पूर्ण फिनटेक जगतको लागि एक महत्वपूर्ण समय भएको उसले बताएको छ ।

सन् २०१९ मा आफ्नो सेवा सञ्चालन गरेपछि लगातार नयाँ सेवा, प्रभाव र पूर्वाधारको विकासमा अगाडि बढेपछि यो उपलब्धि हासिल गरेको कम्पनीको भनाइ छ । कम्पनीले लगभग सबै जसो बैंकिङ तथा वित्तीय संस्थाहरूलाई पहिलो वर्षमै आफ्नो नेटवर्कमा आवद्ब गर्न सफल भएको बताएको छ । फोनपेले नेपालमा पहिलोपटक क्यूआर भुक्तानी प्रविधि ल्याएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *