गोली प्रहारबाट घाइते भएका बोर्डिङका संचालक स्वर्णकारको मृत्यु


काठमाडौं । गोली प्रहारबाट घाइते भएका बाराको कलैयाका बाल एकता बोर्डिङका संचालक रुपेश स्वर्णकारको मृत्यु भएको छ । अज्ञात समूहले गरेको गोली प्रहारबाट गम्भीर घाइते भएका स्वर्णकारको वीरगन्जको बयोधा अस्पतालमा मृत्यु भएको हो ।

स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार गरिएको थियो । हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *