टोखा चण्डेश्वरी अस्पताललाई संघीय सांसद पौडेलले दिए क्यान्सर स्किृनिङ मेसिन


काठमाण्डौं । आफ्नो पूर्व प्रतिवद्धता अनुसार काठमाडौं क्षेत्र नम्बर ५ का संघीय सांसद प्रदीप पौडेलले प्रादेशिक अस्पताल टोखा चण्डेश्वरीलाई थाइराइड हर्मोन भिटामिन बि १२ भिटामिन डि प्रयोगशाला मेसिन हस्तान्तरण गरेका छन् । टोखा क्षेत्रमा पछिल्ला वर्षहरूमा क्यान्सरका बिरामिहरु अत्याधिक देखिन थालेपछि सांसद पौडेलले यसबारे चासो र चिन्ता व्यक्त गर्दै टोखा क्षेत्रका स्थानीयबासीलाई सुविधासम्पन्न क्यान्सर स्किृनिङ ल्याब स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै सांसद पौडेलले समयमा थाहा नपाएकै कारण भोलिका दिन क्यान्सरबाट कोही पनि स्थानीयबासीको मृत्यु नहोस् भन्ने उद्देश्यले क्यान्सर जाँच मेसिनको ब्यबस्था गरिएको बताए ।

आगामि दिनमा समेत यस क्षेत्रको स्वास्थ्य अवस्थाको स्तरोन्नतिका लागि सक्दो पहल गर्ने बताए । उनले यस अस्पतालको थप स्तरोन्नति गर्दै आम मानिसहरुलाई निःशुल्क र गुणस्तरीय उपचारको व्यवस्थापन गरिनेमा विश्वास व्यक्त गरे । अस्पतालमा पाठेघरको क्यान्सर, स्तन क्यान्सर, छालाको लगायतका क्यान्सरको पहिलो,दोस्रो,तेस्रो गरी कुन तहसम्मको उपचार गर्न सकिन्छ भन्ने विषयमा पनि आफूहरूले ध्यान दिइरहेको पौडेलले बताए । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशीले सांसद प्रदिप पौडेलकै जोडबलका कारण टोखा अस्पतालमा क्यान्सर स्किृनिङ मेसिन भित्रिएको बताउँदै पहिलो पटक आफू मन्त्री हुनेबित्तिकै असारमा एक मेसिन पठाएको जानकारी दिए । १३ वटा सामुदायिक अस्पतालमा डेंगु रोगका आम मानिसहरूले निःशुल्क उपचार पाउने व्यवस्था रहेको जानकारी दिँदै स्वयंसेवक महिलाहरूको सुविधाको लागि केही न केही थप व्यवस्था हुनुपर्ने तथा पैसा नभएकै कारण आम जनताले कुनै रोगको उपचार गर्न नपाउने परिपाटीको अन्त्य गर्नुपर्ने पनि जोशीले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *