एनआरएनएका अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि कुटपिट भएको हो ।

संघका अध्यक्ष आरके शर्माले कार्यालयमा जाँदा त्यहाँ उपस्थित भएका युवासंघका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको बताए । उनले आफू कुटपिटका बीच उम्किन सफल भएपनि महासचिव बुद्धि सुवेदीमाथि पनि कुटपिट भएको बताए ।

‘हामीमाथि युवा सङ्घबाट आक्रमण भएको छ । यो अत्यन्त निन्दनीय छ’, उनले भने ।

घटनापछि संघको कार्यालयमा अहिले प्रहरी पुगिसकेको छ । संघको ११ औँ महाधिवेशनमा बद्री केसी निर्वाचित भएपछि अध्यक्षका प्रत्याशी शर्मा र महेश श्रेष्ठले मतपरिणाम स्वीकार गरेका छैनन् । बद्रीलाई अध्यक्ष अस्वीकार गर्दै शर्माको नेतृत्वमा एनआरएनएको नयाँ कार्यसमिति तय भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *