मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

काठमाडौं । टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो । मलेसियाका लागि सैयद अजिजले ६८, जुबादी जुल्किफ्लेले २४, सर्विन मुनियान्दे र विजय उन्नीले १३ रन जोडे । बलिङतर्फ नेपालका अविनाश बोहराले ४, रोहित पौडेल, सन्दीप लामिछाने र गुल्सन झाले १ १ विकेट लिएका छन् ।

विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको थियो भने मलेसिया ओमानसँग पराजित भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *