गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जावलाखेलमा (फोटोफिचर)

काठमाडौं । ललितपुरको जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । जावलाखेल ग्राउन्डमा मंगलबारबाट सुरु भएको प्रदर्शनीमा करिब ७० वटा स्टल रहेका छन् । आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवं प्रवर्धन गर्नको लागि मेला आयोजना गरिएको हो ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर आयोजना गरिएको एसोसिएसनले जनाएको छ । फूल पदर्शनका लागि आयोजना गरिएको मेला ५ दिनसम्म सँचालनमा आउनेछ । आजबाट सुरु भएको फूलप्रदर्शनीले प्रदर्शनीस्थल वरिपरीको वातावरण मनमोहक देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *