टी-२० विश्वकप छनोट – नेपाल र मलेसिया भिड्ने

काठमाडौं । सोमबारदेखि सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा आज नेपाल र मलेसिया भिड्ने भएको छ । सोमबार भएको पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । आजै समूह ‘ए’अन्तर्गत ओमान र सिंगापुरबीचको खेल भने ओमानको लगातार दोस्रो जित निकालेको छ ।

अहिले नेपाली टोली ९ वर्षपछि फेरि टी-२० विश्वकपमा पुग्ने एक मात्र लक्ष्यका साथ खेलिरहेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *