टी–२० विश्वकप छनोटमा युएईको लगातार दोस्रो जित

काठमाडौं । टी–२० विश्वकप छनोटमा युएईले लगातार दोस्रो जित निकालेको छ । मंगलबार मूलपानी क्रिकेट मैदानमा कुवेतले दिएको ८९ रनको लक्ष्य युएईले ३४ बल बाँकी रहदै भेटयो ।

टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले ८ विकेटको क्षतिमा ८८ रन मात्रै बनाएको थियो । जितसँगै समूह बीमा रहेको युएईको सेमिफाइनल सम्भावना बलियो भएको छ । तर मंगलबार बिहानको खेलमा हङकङ बहराइनसँग पराजित भएकाले सेमिफाइनल पुग्न युएईले समूह चरणको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।

बुधबार युएईले समूह चरणको अन्तिम खेल हङकङसँग खेल्नेछ । एक खेल जितेर दुई अंक जोडेको हङकङ अंकतालिकाको तेस्रो स्थानमा छ भने एक खेल नै जितेर उति नै अंक जोडेको बहराइन दोस्रो स्थानमा छ ।

पहिले खेलमा बहराइनलाई हराएको युएई लगातार जितसहित ४ अंक जोडेर पहिलो स्थानमा छ । समूह ए मा भने अन्तिम खेल हुनु अगाडि नै ओमान र नेपाल सेमिफाइनल पुगिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *