टी-२० विश्वकप छनौट – सन्दीपले लिए विकेट,नेपाललाई तेस्रो सफलता

काठमाडौँ । नेपालले मलेसियाविरुद्ध तेस्रो सफलता हासिल गरेको छ ।

टी-२० विश्वकप छनौट अन्तर्गत जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरिरहेको मलेसियाले तेस्रो विकेट गुमाएको हो । ४ रन बनाएका मलेसियाका वीरनदीप सिंहलाई सन्दीप लामिछानेले आउट गरेका हुन् । यसअघि अविनाश बोहोराले नेपाललाई पहिलो विकेट दिलाएका थिए भने नेपालले दोस्रो विकेट रन आउटको रुपमा लिएको थियो ।

त्यस्तै सन्दीप जोराको बलमा मलेसियाका सैयद अजिज रन आउट भएका थिए । ११ ओभर समाप्त हुँदा मलेसियाले ३ विकेट गुमार ९० रन जोडेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *