एमालेको चियापान कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ च्यासल पुगेका छन् । एमालेले दसैँ, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसर पारेर बुधबार पार्टी कार्यालय च्यासलमा चियापान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा विभिन्न दलका शीर्ष नेतालाई निम्ता गरिएको छ । चियापान कार्यक्रममा प्रधानमन्त्रीलगायत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरु च्यासल पुगेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *