गाजामा इन्टरनेट र फोन पूरै ठप्प

गाजा । गाजा क्षेत्रभर बुधबार इन्टरनेट र फोन नेटवर्क पूरै बन्द छ । प्यालेष्टाइनी दूरसञ्चार एजेन्सीले बुधबार यस्तो बताएको हो ।

एक हप्ताभन्दा कम समयमा सञ्चार सेवा ठप्पै बनेको यो दोस्रो पटक हो । गाजामा सञ्चार र इन्टरनेट सेवा पूरै काटिएको भन्दै प्यालेष्टाइन टेलिकम्युनिकेशन कम्पनी (पाल्टेल)ले उपभोक्ताहरुसँग एक्समा एउटा पोष्टमार्फत माफी मागेको थियो ।

गएको हप्ता पनि इन्टरनेट र फोन सेवा पूरै बन्द भएको थियो । तर सप्ताहन्तमा सेवा पुनः सुचारु गरियो । गाजापट्टीमा नरसंहार गर्न इजरायलले सेवा बन्द गरेको आरोप प्यालेष्टाइनी ससस्त्र समूह हमासले आरोप लगाएको थियो ।

त्यतिबेला भारी गोलाबारीका कारण सेवा अवरुद्ध भएको प्यालेष्टायनी दूरसञ्चार सेवा प्रदायक कम्पनी जवालले बताएको थियो । हालैका दिनमा गाजामा हमास र इजरायली सेनाबीच लडाई झनै भड्किएको छ ।

दुई पक्षबीच द्वन्द्वव चर्किदा हजारौँ निर्दोष नागरिकको मृत्यु भइसकेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *