सेयर बजारमा सामान्य अंकको गिरावट, ८१ करोड २० लाखको कारोबार

काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ ।

बजार आज ५.८३ अकंले घटेर १८५८.५६ बिन्दुमा बन्द भएको छ । बुधबार २९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता सेयर किनबेच हुँदा ८१ करोड २० लाख ८९ हजार रुपैयाँको कारेबार भएको छ । आज सयपत्रि हाइड्रोपावर लिमिटेडको सेयरमूल्य ९.३९ प्रतिशतले बढेर प्रतिकित्ता ५५८ रुपैयाँ पुगेको छ । बुधबार सोनापुर मिनिरल्स एण्ड वेल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा सबैभन्दा बढी सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ । कम्पनीको आज १४ करोड ६० लाख २ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, आशा लघुवित्तको ७ करोड २ लाख ८६ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १ करोड ९७ लाख ४० हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको १ करोड ४८ लाख २७ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको १ करोड २९ लाख ६७ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *