बलिङमा नेपाल , प्लेइङ ११ मा दीपेन्द्र पनि

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा नेपालले पहिले बलिङ गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु भएको खेलमा यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको हो । आजको खेलको विजेताले आगामी वर्ष वेष्ट इण्डिज र अमेरिकामा हुने टी–२० विश्वकप खेल्न पाउनेछ । नेपाल सन् २०१४ पछि विश्वकप खेल्ने योजनामा मैदान उत्रदैछ । यसअघि सन् २०२२ फेब्रुअरीमा यूएईकै घरेलु मैदानमा यूएईसँगै पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो ।

साथै दीपेन्द्रले पनि यूएईविरुद्ध खेल्ने भएका छन् । यसअघि छनोटको पहिलो खेलमा सिंगापुरसँगको खेलअघि अभ्यासका क्रममा बायाँ खुट्टाको घुँडामा चोट लागेपछि करिब डेढ महिना मैदान बाहिर रहने बताएका ऐरी सेमिफाइनल खेल्न मैदान आएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *