सिटी एक्सप्रेस अफरको विजेता लिम्बूले पाए एक लाख


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔँ, दश गुण बढी पाऔँ’ अफरमा बेलायतबाट रेमिट्यान्स पठाउने स्वादेन लिम्बू विजेता भएका छन् । उनले एक लाख जितेका छन् । यस अफरमा तीन हजार १०० जनाले ५०० रुपैयाँको वालेट टपअप, २० जना सप्ताहिक विजेताहरूले जनही २५ हजार जितेका छन् ।

कम्पनीले चाडपर्वलाई लक्षित गरेर उपहार योजना घोषणा गरेको थियो । जसअन्तर्गत लक्की ‘ड्र’मार्फत हरेक महिना एकजनालाई जनही एक एक लाख, हरेक हप्ता पाँचजनालाई जनही २५ हजार रुपैयाँ दिने घोषणा गरको थियो । यो अफर असोज १५ देखि मंसिर १५ गतेसम्म लागु हुने सिटीले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *