जाजरकोट भूकम्पमा मृतकको संख्या १२९ पुग्यो


काठमाडौं । जाजरकोटमा गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम (पश्चिम)मा गरी १२९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोटमा ९२ र रुकुम (पश्चिम)मा ३७ जनाको मृत्यु भएको हो । जाजरकोटमा ७० र रुकुम (पश्चिम)मा ८५ र रोल्पामा एकजना घाइते भएका छन् ।

उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ । बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्र विन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *