भायानेटको ‘रेफर ४ फ्रेन्ड्स एण्ड विन बिग’ अफर


काठमाडौं । भायानेट कम्युनिकेसनले ‘रेफर ४ फ्रेन्ड्स एण्ड विन बिग’ नामक अफर घोषणा गरेको छ । यसअन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले चार महिनाको निःशुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो अफर भायानेटको यसअघि नै लोकप्रिय भइसकेको चाडपर्व अफर ‘चाडमा चौका’को विस्तारको रूपमा आएको कम्पनीले उल्लेख गरेको छ ।

अफरअन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रतिमहिना भ्याटबाहेक ७ सय रुपैयाँ र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टारको घरायासी सामाग्रीमा ५० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । अफर कार्तिक १६ गतेबाट सुरु भएर मंसिर ९ गतेसम्म चल्ने छ । उक्त समयमा चारजना रेफर गर्ने प्रत्येक ग्राहकले एक जोर अल्टिमा एटम १९२ वायरलेस इयरबड निःशुल्क प्राप्त गर्नेछन् । प्रत्येक सफल रेफरलका लागि भायानेटका ग्राहकले स्ट्यान्डर्ड रेफरल योजनाअन्तर्गत एक महिनाको निःशुल्क इन्टरनेट सेवा पाउने छन् । यसअनुसार चारजना ग्राहकलाई रेफर गर्दा चार महिनाको निःशुल्क इन्टरनेट प्राप्त हुनेछ । ग्राहकद्वारा रेफर गरिएका साथी वा परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रेफरल योजनाको एक भागको रूपमा अल्ट्रा–फाइ योजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *