अध्यक्ष ओली भन्छन् भुकम्प प्रभाबित क्षेत्रमा भिडभाड होइन त्रिपाल, खाद्यान्न र औषधी चाहिएको छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट र रुकुम पश्चिममा अहिले त्रिपाल, खाद्यान्न लत्ताकपडा र औषधी चाहिएको बताएका छन् ।

आज दिउँसो आफ्नो फेसबुक पेजमा ओलीले विपतमा प्रचार भन्दा सेवा महत्त्वपूर्ण हुने भएकाले सबैले सेवाभाव राखेर काम गर्नुपर्ने सुझाव दिएका हुन् । ’जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल, खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार चाहिएको छ’, अध्यक्ष ओलीले भने, ‘विपतको यो समयमा हामीले त्यहाँ तत्कालको आवश्यकता पूरा गर्ने काम गर्नु पर्छ ।’

उनले उद्धार र उपचारमा खट्नुहुने सबैप्रति आभार व्यक्त गर्दै ती जिल्लामा अहिले सीपयुक्त दक्ष जनशक्तिको समेत आवश्यकता रहेको जनाएका छन् ।‘विपतमा प्रचार भन्दा सेवा महत्त्वपूर्ण हुन्छ, भिडभाड गरेर अल्झाउनु हुँदैन । यसरी उद्धार र उपचारमा खट्नुहुने सबैप्रति आभार ’ उनले लेखेका छनु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *