युरोप भ्रमणको तयारीमा रहेका राष्ट्रपति पौडेलको भ्रमण स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।

राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले अहिलेका लागि स्थगित गरिएको जानकारी दिए ।

२२ कात्तिकमा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल सोहिबाट जर्मनी र इटाली भ्रमणमा जाने तय भएको थियो । तर भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेको चालिसेको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *