रोल्पामा छन् प्रधानमन्त्री प्रचण्ड

रोल्पा । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड आज (शुक्रबार) विहानै रोल्पा पुगेका छन् ।

आज रोल्पामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनको लागि उनी बिहान काठमाडौंबाट रोल्पा हेलिकप्टरमा पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड थबाङका स्थानीयबासीसँग भेटघाट गरी गुनासो तथा सुझाव लिने, थवाङ खोलामा निर्मित पक्की पुलको उद्घाटन गर्ने लगायतका कार्यक्रममा सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डले आजै निर्माण सम्पन्न भइसकेको ५० शैयाको रोल्पा अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । दाहालले आजै नेकपा माओवादी केन्द्र रोल्पा जिल्ला समन्वय समिति रोल्पाले खुल्ला मञ्च टुँडिखेलमा आयोजना गरेको जनसभामा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *