तिहार, तथा छठ पर्वमा पटाका विस्फोटक पदार्थको प्रयोग नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले दशैं तिहार, छठ लगायतका पर्वमा पटाका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले यस्ता विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिम हुन सक्ने, चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै सचेत गराएको हो ।

प्रहरीले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री–वितरण र ओसारपसार नगर्न आग्रह गर्दै त्यसो गरेको पाइए कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *