हाम्रा आ–आफ्ना कर्मपथका यज्ञहरु भाग–२

हाम्रा आ–आफ्ना कर्मपथका यज्ञहरु भाग १
“दुनियाँमा दुई शक्ति हुन्छन्,एक तलबार र अर्को कलम । यी दुईझन्दा अरु बढी शक्तिशाली
तेश्रो शत्ति भनेको महिला हुन ।”(–रुमी ।) नारीहरु घरका प्रथम मार्गदर्शक हुन–गूरु हुन । त्यसैले पुण्य कर्म,सुकर्मबाट नारीले नै घर–परिवार–सङ्गठनलाई सुधार्न सक्छन भनेर भनिन्छ । मसँग सामाजिक सञ्जालमा जोडिनु भएका भारतका आदरणीय प्राज्ञ–साहित्य लेखक,बुद्धिजिवि,श्र्रष्टाहरुले सामाजिक सञ्जालमा नारीको सम्बन्धमा साझा गर्नु भएको विचारलाई जस्ताको तस्तै देहाय अनुशार राखेको छु ः
“आज नदी बिलकुल उदास थी,सोयी थी अपने पानी मेँ । उसके दर्पण पर बादल का वस्त्र पड्था । मैँने उसको नहीँ जगाया–दबे पाँव घर वापस आया ।”(–केदारनाथ अग्रवाल । भारत ।) ।
भारतका जनकविको उपरोक्त कविताको सम्बन्धमा भारतीय बुद्धिजीवी–लेखक पङ्कज चतुरबेदी मिति २२ जून ई.सं.२०२३ मा सामाजिक सञ्जालकों भित्तामा लेख्नु हुन्छ –“यो कविता जति पढ्छु हरेक पटक नयाँ मूल्यवान र प्रासङ्गीक लाग्छ । हामिहरुले प्रकृतिसँग मात्र हैन आफ्ना आफन्त तथा अरु मानिशसँग कसरी ब्यबहार गर्ने भन्ने कुरा समेत यस कविताले बताएको छ ।”

पङ्कज चतुरबेदीको सामाजिक सञ्जालको टाइमलाइनमा केदारनाथ अग्रवालको माथिकों कविता पोष्ट भएपछि त्यसबाट प्रेरित भएर बोस्टन,अमेरिकामा बसोबाश गरी रहनु भएकी चञ्चला प्रियदर्शिनीले यस्तै कविता लेख्नु भएछ “आज सागर कुछ उदास था । उसके पटल पर स्याह बल थे । मैँ बैठी रही सुबह होने तक–जब तक सूरज ने आकर उसे रौशन नहीं किया ।” चञ्चला प्रियदर्शिनीको माथिकों कविता प्रति भारतीय साहित्य लेखक,बुद्धिजीवी पङ्कज चतुरबेदी मिति २५ जून ई।सं।२०२३ को आफ्नो सामाजिक सञ्जालको भित्तामा लेख्नु हुन्छ –“नारीको हृदय पुरुषको भन्दा निकै फरक हुन्छ । दुबैको सोच्ने–बुझ्ने र महसूश गर्ने संस्कृति पनि अलग हुन्छ भन्ने कुराको मलाई अली अली महसुश त थियो तर चञ्चलाको कविताले चाहिँ यदि नारीले केदारनाथको कविता लेखेमा कसरी लेख्ने रहेछन भन्ने प्रष्ठ हुन्छ ।”“एउटी एक्लै आदिबासी किशोरी छोरी,घना जङ्गलमा जान डराउँदिनन् । उनलाई बाघ–सिंहसँग कुनै डर लाग्दैन । तर, महुआ लिएर गीदमको बजारमा जान भने डर लाग्छ”(शब्दार्थ ः महुआ.बैज्ञानिक–वानस्पतिक नाम ‘मधुक–महुआ लोङ्गिफोलीया’ भनिने गर्मी ठाउँमा हुने स्थानीयले रक्शी बनाउन प्रयोग गरिने बृक्ष । गीदम बजार.स्थानीय तथा बन पैदाबरको लागि प्रशिद्ध भारतको छत्तिसगढ दन्तेवाड जिल्लाको आदिबासी एवं ग्रामीण क्षेत्रको एक बजार) भनेर भारतीय प्रसिद्ध साहित्यकार बिनोद कुमार शुक्लले लेख्नु भएको कविताका पंक्तिहरुलाई अगष्ट १२ ई.सं.२०२३ को आफ्नो सामाजिक सञ्जालमा भारतीय साहित्य लेखक पङ्कज चर्तुबेदीले साझा गर्नु भएर अहिले भारतीय समाजमा महिला मानिश पुरुष मानिशबाट नै असुरक्षित छन् भन्ने सन्देश दिनु भएको थियो ।

झापाको गौरादह क्याम्पसमा अनेरास्ववीयूकी अध्ययक्ष हुँदै केन्द्रीय अध्यक्ष भएर एमालेको केन्द्रीय सदस्यबाट पदोन्नती हुँदै कोशी प्रदेशकी सुनीता बराल हाल नेकपा एमालेको तर्फबाट समानुपातिकमा प्रतिनिधि सभा सदस्य हुनुहुन्छ । थोरै समयमा यसरी सफलता पाउन जोसुकैले सक्दैन । कोशी प्रदेश कै अर्की महिला नेतृ कबिता आचार्य राप्रपामा सम्बद्ध हुनुहुन्छ । नर्सिङ्गमा स्नातोकोत्तर गर्नु भएकी कबितालाई सेवाका यी दुई अलग पक्षमा समय दिएर घरको व्यवहार पनि धानेर सफलता हासिल गर्न चुनौतीपूर्ण हुन्छ नै,आशाबादी हुँदै अघि बढ्न शुभकामना अर्कोतिर,गण्डकी प्रदेश,कास्की पोखरा महानगरपालिका–१७ की नेपाली काँग्रेसकी नम्रता बराल एवं नुवाकोटकी नेका नेतृ बिन्दा देवी अर्याल एक शिक्षित,योग्य महिला नेतृ हुनुहुन्छ । नेपाली काँग्रेसले यति शिक्षित तथा योग्य महिला नेतृ पाउनु उपलब्धीपूर्ण कुरा हो तर,सिद्धान्तनिष्ट,प्रतिबद्ध,नैतिकवान नेताहरु कि त भान्सामा सिमित भएका छन्,कि त उनीहरुलाई अगाडी बढन दिईदैन । कुनै समय नेपाली राजनीतिमा चर्चित महिला नाम एण्जीला न्यौपाने हाल महासमिति प्रतिनिधीसम्म हुनुहुन्छ । उहाँको पति प्रदिप पौडेल हाल काठमाण्डौं क्षेत्र नम्बर ५ का प्रतिनिधी सभा सदस्य हुनुहुन्छ । प्रदीपसँग विवाह भएपछि एण्जीलाको राजनीति भान्सा र घर व्यवहारमा थन्कियो देहायको इन्द्रधनुषकी पात्रको जस्तो ।अगाडी बढन दिईदैन । कुनै समय नेपाली राजनीतिमा चर्चित महिला नाम एण्जीला न्यौपाने हाल महासमिति प्रतिनिधीसम्म हुनुहुन्छ । उहाँको पति प्रदिप पौडेल हाल काठमाण्डौं क्षेत्र नम्बर ५ का प्रतिनिधी सभा सदस्य हुनुहुन्छ । प्रदीपसँग विवाह भएपछि एण्जीलाको राजनीति भान्सा र घर व्यवहारमा थन्कियो देहायको इन्द्रधनुषकी पात्रको जस्तो ।


मसँग सामाजिक सञ्जालमा जोडिनु भएका भारतका प्रसिद्ध साहित्य लेखक,प्राज्ञ,बुद्धिजिवि प्रयास जोशीले मिति अक्टोबर २५ तारिख ई.सं.२०२३ को आफ्नो सामाजिक सञ्जालमा साझा गर्नु भएको ‘इन्द्रधनुष’काव्यकथमा आमा छोरीले इन्द्रणीको बारेमा तर्क गर्दागर्दै आखिरमा भान्सामा दूध उम्लेर पस्नु परेको अवस्थासँग आत्मसात गरेका दक्षिण एशियाका नारीहरुले अझ बढी सत्कर्मी भएर पूरुषहरुलाई देशको माटो–सुमार्गको बाटो देखाउनु पर्ने आवश्यकता भएको छ ।
(४) कर्मको नव मान्यता ः
अहिलको नव उदारबाद तथा उकुचपल्टिएको पूँजीबादले सास्त्रमा उल्लेखित निर्धारित कर्मको मान्यतालाई उल्टाई दिएको छ । कुकर्म गरेर सत्कर्मीहरुले लिने स्थान ओगटेर जनतामाथी हुकुम चलाउन थालेका छन् मान्छेहरु । चेलीबेटी बेचविखन गर्नेका नाइके हुन वा,फौजदारी अपराधको सजाय पाएकाहरु हुन वा समाजले गुण्डा नाइके भनेर चिनेका पात्रहरु हुन दलभित्र प्रवेश गराउन प्रतिष्पर्धा हुन थालेको छ–भूफि शेरचनले“आत्मा क्रय–वित्रय गर्न सक्नेहरु जहाँ नेता हुन्छन्” भनेर भन्नु भए जस्तै गरी । इमान्दार पुर्खाहरु अहिलेको पुस्ताको लागि केहीगर्न नसक्नेहरु रहेछन भन्ने भाष्य सिर्जना भएको छ । नेताहरु देश बनाउँदै छन की देश बेच्दै छैन थाहा छैन । वीपी,महेन्द्र,पुष्पलाललाई त के उनीहरु मोहनचन्द्र,कृष्ण प्रसाद,मनमोहनलाई पनि सम्झन छोडी सके ।
धर्म व्यापार भएको छ–राम र कृष्णका समाज प्रेरक उपदेशहरुलाई खरवौँको व्यापारमा बेचिन थालेको आभाष संस्कार र संस्कृतिका पालनाको नाममा खर्चिला आडम्बरी धन सञ्चय गर्ने माध्यमको रुपमा तामझाम बढ्दै गएर(–डा.अमिताभ शुक्ल,भारतीय अर्थशास्त्री,प्राज्ञ । ४ नोभेम्बर २०२३ को सामाजिक सञ्जालमा मलाई समेत टैग गरिएको) । राष्ट्रिय वन र वातावरणलाई अशर पारेर धार्मिक केवलकारको व्यापार चलेको छ । प्रकृति अर्थात लक्ष्मीको दोहन गरिएको छ,जथाभावि प्रदुषण फैलाइएको छ । स्वास्थ्य क्षेत्रलाई काँग्रेसले,शिक्षालाई एमाले र पर्याबरणलाई माओबादी समेत अरुसँग सहभागी भएर तहश नहश बनाए भनेर जनताहरु कुरा काट्न थालेका छन् । नीतिगत भ्रष्टाचारबाट अकूत आर्जन भएपछि कुकर्मीलाई सजाय गर्न सिर्जना भएको कानून पनि नतमस्तक हुँदो रहेछ । जव नैतिकता पतित भएकाहरुको रजगज देखेर पनि भगवानले केही गर्दा रहेनछन भनेर सोझा, निम्न बर्गको मनमा प्रश्नहरु उब्जन्छन तव उनीहरुलाई बैदिक सनातनी हुन अर्ति दिन सकिदैन । धर्म परिवर्तन गर्नु स्वभाविक हुन्छ ।“जसको अनुहार मै कोरिएको थियो झ्याल खानाको बास,रामनामी ओढेर संसदभित्र बस्ने अवशर पायो,कमिशन पाए हिन्दुस्तान नै लिलाम गरिदिन्छन,घुस सदनमा दिएर यदी कुर्शी बचेमा अर्को योजनामा घुसखोरी खुल्ला नै गरिदिन्छन” भनेर कितावघर प्रकाशन नयाँ दिल्ली भारतबाट प्रकाशित ‘धरती की सतह पर’ पुस्तकमा भारतीय कवि,साहित्य लेखक अदम गोँडवीले भनेका कुराहरु अहिले भारतमा चर्चामा आएका छन् । नेपालमा नेताहरुका अन्धभक्तहरुको भिड बढेको छ । राजनीतिमा पदोन्नती वा पहिचान बनाउने हिजो वीपी,पुष्पलाल,महेन्द्रले स्थापित गरेका मान्यताहरुमा नव उदारबाद पसिसकेको छ । “राजनीतिक संस्कार सुसम्पन्न समाजको रचनाबाट मात्र लोकतन्त्र मजबूत हुन्छ”(–स्व.बी.पी. कोइराला)भन्ने कुरा सम्झाउँदा ओठ लेप्राउने प्रवृति बढेको छ । यस सन्दर्भमा नेपालकी पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्यले नेपालमा संस्कृति क्रान्तिको आवश्यकता महसुश गर्नु भएको व्यहोरा स्मरण गर्दै सिक्कमको सन्दर्भमा सिक्किमका लेखकको देहायका विचारपनि सान्दर्भिक लागेर प्रस्तुत गरेको छु ः
“’क्रान्ति’,राजनीतिक आन्दोलनको झड्का या ‘सत्ता परिवर्तन’ मात्र होइन । यो समग्र परिवर्तन हो,युगान्तर हो । त्यसैले ,सच्चा क्रन्तिकारीले राजनीतिलाई मात्र होइन,युग परिवर्तनका सम्पूर्ण अङ्ग–प्रत्यङ्गहरुलाई समायोजित गरेर अघि बढनुपर्छ । त्यसो गर्न नसक्दा ‘क्रान्ति’ अपूर्ण,अपाङ्ग हुन्छ र युगान्तकारी सामाजिक रुपान्तरण हुन सक्तैन । विगतमा राजनीतिक नेतृत्व गर्नेहरुले हाम्रो सिक्किममा यही ठूलो गल्ती गरेका छन् । उनीहरुले राजनीतिक सङ्गठन,सङ्घर्ष र सत्ता–परिवर्तनलाई त निक्कै महत्व दिए,तर दर्शन,कला,साहित्य,संस्कृति,शिक्षा,अर्थ,विज्ञान,प्रविधिजस्ता क्रान्तिका अपरिहार्य अङ्गहरुलाई समन्वितरुपमा अघि बढाउनु त कताकता त्यस कामको महत्वलाई नै राम्ररी बुझ्न सकेनन् । त्यसैले २००९ देखि २०१९ साल(ई.सं.) क्रान्तिको स्तरमा पुग्न नसकी आन्दोलनको झटका र ‘सत्ता–परिवर्तन’मा मात्र सीमित हुन पुगे ।

जसको दुःखद परिणाम आजको सिक्किमे युवा पीढÞीले भोग्नु परिरहेको छ । नेताहरुमा मात्र होइन,अझैं पनि थुप्रै विद्वानहरुमा ‘दर्शन’ भनेको शास्त्रीय बहस र विज्ञान भनेको आविष्कार र प्रवृति,प्रविधिमात्रै हो भन्ने खालको बुझाई रहेको छ । ‘दर्शन’ र ’विज्ञान’–लाई समन्वित गरी संसारका हरेक कुरालाई वैज्ञानिक दृष्टिकोणले विवेचन गरेर व्यवहारमा उतार्ने प्रकृति पर्याप्तरुपले व्युँझेको देखिन्न संसारका प्रतिगामी,यथास्थितिवादी र अग्रगामी तत्वहरु कुन–कुन दार्शनिक दृष्टिबाट अभिप्रेरित भएर काम गर्छन् ? यसबारे नेतृत्वपंक्ति सजग भएको भए उसले कार्यकर्ता पंक्तिमा आधुनिक लोकतन्त्र रसमाजवादलाई स्पष्टरुपले अघि बढाउन सक्ने दर्शन–दृष्टिकोणको विकास गर्न अधिकतम प्रयत्न गर्ने थियो । तर दुःखको कुरा लोकतान्त्रिक र समाजवादी पार्टीको शीर्ष पंक्तिकै अधिकांश नेताले अद्वैत वेदान्त,रुसोवाद र द्वान्द्वात्मक भौतिकवादको अन्तर छुटयाउन नसक्ने स्तरमा रहेर जीवनका अधिकांश आयु गुमाइ सकेका छन् । चर्का राजनीतिक भाषण र नाराले कार्यकर्ता र जनताको विचारलाई केही समय जागरुक र प्रेरित गर्न सकिन्छ तर त्यतिले मात्रै मान्छेको पुरानो संस्कार,प्रकृति र संस्कृति फेर्न सकिँदैन । भाषण,जुलुस र पार्टी प्रभावले केही समय सक्रिय भएका तर ‘संस्कार’ र ‘संस्कृति’ नफेरिएका मान्छेहरु क्रान्तिको दीर्घकालीन बाटोमा दृढÞरुपले हिँड्न सक्दैनन् । त्यसखाले कार्यकर्ता र समर्थक फंक्तिको ठूलो हिस्सा त्रमशः निष्क्रिय र निराश हुँदै जानसक्छ या लुगा फेरे झैं पार्टी फेर्दैर् हिँडन पनि सक्छ । नेतृत्व तहका केही मान्छे सत्ता र धनको लोभमा ‘क्रान्ति’गर्नेहरु प्रतिगामी तत्वका दासकोरुपमा पतित हुँदै जान फनि सक्छन् ।

त्यसैले,राजनीतिक र सांस्कृतिक क्रान्तिलाई संयुत्तरुपमा अघि बढाउनुपर्छ भन्ने महत्वपूर्ण कुरा विश्वका अनेकौँ मुलुक र आफ्नै सिक्किम प्रदेशका अनुभवबाट सिकेर त्यस्तो संयोजन सहित निरन्तर अघि बढÞनु आवश्यक छ”(–युवराज ‘घलेभाइ’,२०८) । सिक्किममा सत्ता परिवर्तनका कुराहरु किन भइरहन्छ हँ ? । अप्पर बुर्तुक गान्तोक,सिक्किम,भारत । साँघु न्यूज डट कम,नेपाल । बि.सं.२०८० कार्तिक १५) ।
“कुलवान नारीको लागि स्वतन्त्रता कहाँ हुन्छ र सिर्फ वेश्या स्वतन्त्र हुन्छिन ।”(–यशपाल । दिब्या । भारत ।) भनेर भारतका श्रष्टा यशपालले भन्नु भएको कुराले कर्म ले नै कुलवान कर्म तथा बेश्यारुपी कर्म गुण निर्धारण गर्ने भएकाले आचरणले नै सत्कर्म पुण्य कर्म,देव कर्म निर्धारण गर्छ भनेर उहाँले भन्न खोज्नु भएको हो की भनेर आ–आफ्नै तवरले बुझ्न सकिन्छ । तर,महिलाहरुमा बढ्दै गएको अधिकार,समानता तथा स्वतन्त्रताको नामधारी अति महत्वकांक्षाले गर्दा उनीहरुको सामाजिक आचरणमा अस्वीकृत व्यवहार देखिन थालेको छ । “कोही भन्छन् यो नयाँ जमाना हो । अरु भन्छन् ः महिलाको सन्दर्भमा सधैँ नै नयाँ जमाना हुन्छ । नयाँ जमाना । अर्थात नारीहरुको लागि चीज बस्तुहरु बदलिएका छन्”(–गीताञ्ज्लि श्री । रेत–समाधि,अन्तराष्ट्रीय बूकर पुरस्कार २०२२ बीजेता उपन्यास । राजकमल प्रकाशन । भारत । ०१ जनवरी ई.सं.२०१८,२०२१ ।) ।
नव उदारबाद परिवारको आदर्श संरचनाभित्र पसिसकेकले नैतिकवान,सदाचारी बैचारिक महिलाहरुलाई नव प्रवेशी महिलाहरुले उछिन्न थालेका छन् । फाष्ट ट्रैकको मापदण्डमा फिट नहुने महिलाहरु पछि परेकाछन् । अपारदर्शी फाष्ट ट्रैकको मापदण्डको कुराभित्र के के पर्छन भनेर चासो नराख्नु नै उपयुक्त हुन्छ । विगतमा कुन पार्टीमा हो कपाल भुतला भुतली चुरा फुटाफुट पनि भएको थियो रे भन्ने हल्ला सुनेको हो( हल्ला आधारहिन हुन सक्छन्) ।
‘राजनीतिक सुसंस्कार’र ‘संस्कार’ र ‘संस्कृति’सुसम्पन्न समाजको रचना गर्न ‘संस्कार’ र ‘संस्कृति’ सुसम्पन्न नारी शक्तिहरु नै अघि बढुन भन्ने कामना गर्दै शुभ दिपावलीको म गर्दै दिपावलीको पावन अवसरमा मङ्गलमय शुभकामना ।
(तस्वीर ः सवै लेखकबाट सङ्कलन,मार्फत लेखक स्वयबाटं एवं सामाजिक सञ्जाल तथा गुगल इन्टरनेटबाट समेत ई.सं.२०२३)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *