भक्तपुर इन्टरनेसनल हस्पिटल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबिच सम्झौता


भक्तपुर । मध्यपूरठिमी नगरपालिका, कौशलटार, ३ मा रहेको भक्तपुर इन्टरनेसनल हस्पिटल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफूले प्रदान गर्दै आइरहेको नगद रहित (क्यासलेस) स्वास्थ्य बीमा सुविधा अझ प्रभावकारी बनाउन आफ्नो क्यासलेस अस्पतालहरुको सञ्जाल विस्तार गर्ने क्रममा कौशलटारस्थित अत्याधुनिक सुविधा सम्पन्न भक्तपुर इन्टरनेसनल हस्पिटल सगँ सहकार्य गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा बीमा कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ र हस्पिटलको तर्फबाट निर्देशक रामजी श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

उक्त समारोहमा हस्पिटलका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ, मेडिहेल्थ बिभागका वरिष्ठ अधिकृत डा. दिवेश बास्तोला तथा अस्पतालका उच्च व्यवस्थापनको उपस्थिती रहेको थियो । कम्पनीका बीमितले सम्झौता पश्चात अस्पताल भर्नामा नगद रहित स्वास्थ्य बीमाको लाभ लिने र यो सेवा लिन बीमितले बीमा कम्पनीले जारी गरेको स्वास्थ्य बीमा कार्ड लिई नगद रहित स्वास्थ्य बीमाको सुविधा लिन सक्नेछन । साथै अस्पतालले कम्पनीको बीमितहरुको लागि आफ्नो सम्पूर्ण सेवाहरुमा ५ देखि २ सय ५ सम्म छुट दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *