कियाले ल्यायो ब्लेड ब्याट्रीयुक्त सस्तो इभी


काठमाडौं। कोरियन गाडी उत्पादक ब्रान्ड कियाले सस्तो इलेक्ट्रिक एसयुभी फाइभ ल्याएको छ। ब्लेड ब्याट्रीयुक्त उक्त इभी कम्पनीले चिनियाँ बजारमा सार्वजनिक गरेको हो। कम्पनीले यो गाडीको बुकिङ गत अगस्टमै खुलाएको थियो। आधिकारिक रुपमा मूल्य तोकेर सार्वजनिक गरेको हो। यो मूल्य ग्राहक र अन्य प्रतिस्पर्धीले अनुमान गरेको भन्दा निकै सस्तो हो। अटोमोबाइल व्यवसायीहरुले उक्त गाडीको मूल्य ४० हजार डलर रुपैयाँ कायम हुने अनुमान गरेका थिए। तर‚ अहिले कम्पनीले राखेको मूल्य धेरै सस्तो भएको अन्य कम्पनीहरुको भनाइ छ। कियाले उक्त एसयुभीको मूल्य २० हजार डलर मात्र तोकेको छ। यो भनेको चीनमा १ लाख ४९ हजार ८०० युआन (चिनियाँ रुपैयाँ) हो। यसले टेस्लाको मोडल वाईसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। टेस्ला वाईको मूल्य चीनमा ३७ हजार डलर अर्थात २ लाख ६६ हजार युआन छ। कियाले ल्याएको इभी फाइभ ४ हजार ६१५ एमएम लामो छ। यो लगभग टेस्ला वाई जत्रै छ। यो १४५ एमएम मात्र छोटो छ। यस्तै यसले सस्तो मूल्यका इभी गाडी बिक्री गर्ने बीवाइडीको डल्फिन र युयान प्लससँग पनि प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। चीनमा डल्फिनको मूल्य १७ हजार डलर अर्थात १ लाख २६ हजार युआन तोकिएको छ। यस्तै युवान प्लसको मूल्य १९ हजार डलर तोकिएको छ। कियाले इभी फाइभलाई इभी सिक्सको डिजाइनमा आधारित भएर तयार पारेको छ। यो कम्प्याक्ट एसयुभी सेग्मेन्टमा राम्रो उदाहरण सेट गर्ने तयारीमा रहेको कियाले दाबी गरेको छ। यसलाई कम्पनीले अमेरिकामा बिक्री हुने गाडीको भन्दा फरक डिजाइनमा तयार पारेको छ। यसको अगाडिको लुकलाई टाइगर फेस जस्तै देखिने गरी डिजाइन गरिएको छ। साथै ग्रीललाई पनि टाइगर नोज डिजाइन दिइएको छ।

जसलाई स्टार म्याप लाइटिनिङले डिजाइन र गाडीको फ्रन्ट लुकलाई पर्फेक्ट बनाएको छ। यसैगरी कम्पनीले यसलाई अतिरिक्त रुम अर्थात एडिसनल रुम पनि उपलब्ध गराएको छ ताकी यसमा घरभित्रको लाउन्ज जस्तै भाइब्स आओस्। यसमा कियाको कार नेभिगेसन ककपिट पनि समावेश गरिएको छ। साथै प्यानारमिक वाइड डिस्प्ले पनि उपलब्ध छन्। यसमा १२.३ इन्चको डुअल क्लस्टर र इन्फोटेनमेन्ट र ५ इन्चको क्लाइमेट कन्ट्रोल सिस्टम पनि छ। यो गाडी हुन्डाईको ई(जीएमपी प्लाटफर्ममा निर्माण गरेको छ। यो गाडी ३ वटा स्ट्यान्डर्ड, लङ रेन्ज र लङ रेन्ज अल ह्वील ड्राइभ भेरियन्टमा उपलब्ध हुनेछ। यसको २० हजार डलरमा आउने भेरियन्टमा ६४.२ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ। जुन बीवाइडीको ब्लेड ब्याट्री हो। यसमा १६० किलोवाट क्षमताको मोटर पावर छ। यसमा भएको उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ५३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कियाको दाबी छ। जसलाई सीएलटीसी रेन्ज टेस्टले प्रमाणित गरेको छ। यस्तै यसको लङ(रेन्ज भेरियन्टमा भने ८८.१ किलोवाट आवार(युनिट) क्षमताको बीवाइडीको ब्लेड ब्याट्री प्याक छ। जसलाई एक पटक फुल चार्ज गर्दा ७२० किलोमिटरसम्म चलाउन सकिन्छ। जसमा टेस्लाको वाई रियर ह्वील ड्राइभको रेन्ज पनि ५५४ किलोमिटर छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *