हिमालय एयरलाइन्सले मंसिर १६ देखि सांघाइमा नियमित उडान गर्ने


काठमाडौं । हिमालय एयरलाइन्सले आगामी मंसिर १६ गतेदेखि काठमाडौं संघाई नियमित उडान गर्ने भएको छ । यती ग्रुप र चिनियाँको संयुक्त लगानीको वायुसेवा कम्पनी हिमालयले काठमाडौंबाट चिनियाँ शहर सांघाइमा सिधा उडान गर्ने भएको हो ।

यो वायुसेवाले साताको दुईवटा उडान गर्ने भएको छ । काठमाडौंबो सांघाइमा हुने दुइतर्फी उडान हरेक साताको शनिबार र बुधबार हुने यो वायुसेवाले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *