हुन्डाईको गाडी अमेजनबाट पनि किन्न पाइने


हुन्डाईका गाडीहरु अनलाइन प्लेटफर्म अमेजनबाट किन्न पाइने भएको छ । हुन्डाई र अमेजन कम्पनीबीच सम्झौता भएपछि अनलाईनबाटै गाडी किन्न पाइने भएको हो । कम्पनीका अनुसार सन् २०२४ बाट अनलाइन प्लेटफर्म अमेजन मार्फत गाडी किन्न सकिने छ । अमेजनले पहिलो पटक हुन्डाईबाट सुरु गरी अनलाइन कार बिक्री गर्ने भएको छ । कम्पनीले हुन्डाईसँग एक सम्झौता गरे पश्चात् डीलरशिपहरूलाई साइट मार्फत कारहरू बेच्न अनुमति दिइने बताइएको छ । हुन्डाईका गाडीहरु अमेजनको प्लेटफर्ममा अहिले नै देखिएता पनि कारको बिक्री भने नयाँ वर्षदेखि हुने कम्पनीले बताएको छ । ग्राहकहरूले साइटमा कारहरू ब्राउज गर्न र विभिन्न माध्यमबाट भुक्तानी गरी गाडी गरेर खरिद गर्न सक्छन् ।

कम्पनीका अनुसार गाडीको खरिद मूल्य भुक्तानी भएपछि ग्राहकको घर नजिकैको डिलरशिपले गाडीलाई घरमा डेलिभरि गर्ने बताइएको छ । ‘हुन्डाई नवीन कम्पनी हो जसले ग्राहकहरूको जीवनलाई दिनहुँ राम्रो र सहज बनाउन प्रयास गर्दै आएको छ, ‘अमेजनका सीईओ एन्डी जस्सीले भने, ‘हुण्डाईलाई मनोरञ्जन, किनमेल, स्मार्ट घर समायोजन, र क्यालेन्डर जाँचका लागि हुण्डाईका सवारी साधनहरूमा एलेक्सा प्रयोग गर्न सजिलो बनाउनको लागि अनलाइनबाट गाडीहरू किन्नुहोस् । अमेजनमा कारमात्र नभई कार पार्ट्स र सामानहरू पनि किन्न सकिने कम्पनीले बताएको छ । यो नयाँ डिजिटल प्लायटफर्मले ग्राहकहरूलाई नयाँ कार अनलाइन खरिद गर्न सजिलो बनाउने पनि सिईओ जस्सीले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *