नयाँबानेश्वर व्यापार संघको १४ औँ साधारण सभा तथा ७ औँ अधिवेशनको घोषणा

काठमाडौँ । नयाँबानेश्वर व्यापार संघको हिजो मंसिर ३ गते बसेको पूर्ण कार्य समितिको बैठकको निर्णय बमोजिम संघको १४ औैँ साधारण सभा तथा ७ औँ अधिवेशन आगामी पौष १४ गते शनिबार हुने भएको छ ।

संघको १४ औैँ साधारण सभा तथा ७ औँ अधिवेशनमा छलफलका विषयहरु निम्न रहने हिजो बसेको पुर्ण कार्यसमितिको बैठकले जनाएको छ । संघको १४ औैँ साधारण सभा तथा ७ औँ अधिवेशनका कार्यक्रम यश प्रकार रहेका छन ।

पहिलो सत्र तथा उद्घाटन कार्यक्रम;

१. अध्यक्षद्वारा स्वागत मन्तव्य
२. संचिवद्वारा यस संघको आ व २०७९/०८० को प्रगति प्रतिवेदन तथा आ व २०८०/०८१ को भावि गतिविधिहरु ।
३. कोषाध्यक्षद्वारा आ व २०८० ०८१ का आय-व्यय विवरण तथा ०८०/०८१ को अनुमानित आय-व्यय विवरण ।
४. आ व २०८०/०८१ को लागि लेखापरिक्षकको नियूक्ती तथा पारिश्रमिक अनुमोदन ।
५. निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि चयन गर्न ।
६. उपाध्यक्षबाट कार्यक्रम समापन घोषणा ।

दोस्रो सत्र तथा निर्वाचन कार्यक्रम;

१. अध्यक्षको भावि कार्ययोजना सहित कार्यसमिति तथा सदस्यहरु बाट प्रस्तुत हुने प्रस्तावहरु उपर छलफल तथा निर्णय ।
२. नयाँ कार्यसमितीको चयन गर्ने निर्वाचन कार्यक्रम ।
३. निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण ।

संघको १४ औँ साधारण सभा तथा ७ औँ अधिवेशनको लागि यस्तो ब्यवस्था गरिएको छ ।

१. सदस्यहरुले निर्वाचनमा मनोनयन दर्ता गर्न वा मतदानमा सहभागिताका लागि २०८० असार मसान्त सम्मको बाँकि बक्यौता र मासिक शुल्क तथा फर्म नविकरणका लागि लाग्ने नविकरण शुःक रु २०० /- दूवै आगामी मंसिर मसान्त भित्र भुक्तानी गरी फर्म अद्यावधिक गरिसकेको हुन पर्ने छ ।

२. कार्यक्रम मिति २०८० साल पौष १४ गते शनिबारको दिन सनराईज वैक्वेटमा (पुरानो म्याकडोनाल्ड वैक्वैट, मध्य बानेश्वर) विहान १० बजेदेखि शुरु हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *