सुजल डेरीले एकै वर्ष गर्‍यो करिब २ अर्बको व्यापार


काठमाडौं । लक्ष्मी ग्रुपको सुजल डेरीले एकै वर्ष करिब २ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ८६ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको हो । कम्पनीले सन् २०२२ मा १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब २१ करोड ४० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब १९ करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापारको तथ्याङ्क हेर्दा हरेक वर्ष व्यापार बढ्दै गएको देखिन्छ । सन् २००५ मा दर्ता भई सञ्चालनमा आएको कम्पनीले दूग्ध क्षेत्रमा काम गर्दै आएको छ ।

कम्पनीले दुधजन्य सामग्री उत्पादन गरेर बिक्री वितरण गर्दै आएको छ । कम्पनीले दुध, दही, आइक्रिम, पाउडर दुध, बटर, घ्यू, पनिर आदि उत्पादन गदै आएको छ । कम्पनीले सफल र लभ वर्डस् ब्राण्डमा आफ्नो उत्पादित वस्तु बिक्री वितरण गर्दै आएको छ । लक्ष्मी ग्रुपको स्वामित्व रहेको कम्पनीको अध्यक्ष गणेशबहादुर श्रेष्ठ हुन् । त्यसैगरी, कम्पनीमा सुनिल श्रेष्ठ, अन्जन श्रेष्ठ, निरन्जन श्रेष्ठ, निराकार श्रेष्ठको १८।१८ प्रतिशत छ हिस्सा छ भने १० प्रतिशत हिस्सा एम एस सुजल फुड प्रालिको छ । कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि ९३ करोड २६ लाख रुपौयँको रेटिङ गराएको छ । कम्पनीले पछिल्लो पाँच वर्षमा बजारमा ११ प्रतिशतले मागमा वृद्धि आएको जनाएको छ । त्यस्तै, सन् २०२३ मा ९ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *