केपी ओली टी–२० क्रिकेट – सशस्त्र प्रहरीलाई हराउँदै फाइनलमा मधेस प्रदेश

काठमाडौं । पोखरामा जारी केपी ओली टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा मधेस प्रदेश पुगेको छ ।

मधेसले सशस्त्र प्रहरीलाई ११ रनले हराउँदै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । बिहान भएको पहिलो सेमिफाइनलको खेलमा बागमतीलाई हराउँदै आर्मी यसअघि नै फाइनलमा पुगेको थियो ।

दोस्रो सेमिफाइनलमा मधेसविरुद्ध १९८ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनायो । एपीएफका लागि प्रदीप ऐरी र सन्दीप जोरा दुवैले अर्धशतक बनाए पनि टिमलाइ जित दिलाउन सकेनन् । प्रदीप ५५ रनमा आउट भए भने सन्दीपले ५४ रन बनाएका थिए ।मधेशका विशाल पटेलले ३ तथा हरिशंकर साह र प्रदीप पासवानले समान २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको मधेशले २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । मधेशका लागि अनिल साहले ५७ तथा इमरान शेखले ५० रन बनाए ।

सशस्त्रका मौसम ढकालले ३ तथा अमर रौतेलाले २ र पुरन विकले १ विकेट लिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *