प्रधानमन्त्रीद्वारा अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् ।

कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री प्रचण्डले त्यसक्रममा बिहीबार नेपाली समुदायको हितमा भए/गरेका काम कारबाहीको जानकारी लिएका हुन् ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले दूतावासका अधिकारीहरुलाई सेवाप्रवाह अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् । प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा भाग लिन बुधबार राति दुबई गएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *