आईएमई लाइफले टिकापुरमा कर्मचारीलाई दियो तालिम


काठमाडौं । आईएमई लाइफ इन्योरेन्सले टिकापुर, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरेको छ ।

तालिममा सम्पत्ति शुद्धीकरणको कानुनी संरचना, परिभाषा, सम्पत्ति शुद्धीकरण निवारण नीति, एएमटी सीएफटीका महत्व र लक्ष्यहरु, मनी लाउन्डरिङका घटनाहरु, सम्पत्ति शुद्धीकरणको लक्ष्यहरु, नेपाली जीवन बीमा क्षेत्रमा सम्भावित मनी लाउन्डरिङका घटनाहरु, विभिन्न विधिबाट रेकर्ड र रिपोर्टिङको पहिचान, एकल बीमाशुल्क, वित्तीय जोखिमांकन, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, जोखिम वर्गीकरण, वित्तीय जोखिमांकनको चरण, कम्पनीको भूमिका कारबाही तथा सजायलगायतका विभिन्न विषयमा विस्तृत जानकारी दिइएको थियो। ईन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयका विभागिय प्रमुखहरुको उपस्थितमा उक्त तालिम सञ्चालन गरिएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *