एनआईसी एशिया बैंकमा कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत


काठमाडौं । एनआईसी एशिया बैंकले वर्तमान आर्थिक अवस्थाका कारण आफ्ना ऋणीहरुमा परेको असरलाई मध्यनजर गर्दै सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको जनाएको छ। यस सहुलियत पश्चात् यसभन्दा अगाडि ३ प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहकहरूको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरिएको बैंकले जनाएको छ । जसअनुसार बैंकको मंसिर महिनाको औषत आधार दर १०.७ प्रतिशत रहेकोमा त्यसमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको बैंकले जनाएको छ ।

बैंकले ल्याएको यो नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्ड बाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जाहरू जस्तै घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जा लगायत सम्पूर्ण कर्जाहरूमा लागू हुने व्यवस्था गरिएको बैंकको भनाइ छ । आर्थिक गतिविधि संकुचन भइरहेको यस समयमा ग्राहकमा परेको आर्थिक भारलाई कम गर्ने हेतुले बैंकले ल्याएको यस सहुलियतबाट ब्याजदर कम हुन गई ऋणीहरुलाई कर्जा भुक्तानीमा सहज हुने विश्वास बैंकको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *