एलआईसी नेपालको २१औं वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी) नेपालको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८।७९ लाई अनुमोदन गर्ने प्रस्तावलाई पारित गरेको छ ।

त्यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७८।७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षकमा श्री पिएल श्रेष्ठ एण्ड कम्पनीलाई पुनः नियुक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *