शौर्य सिमेन्ट उद्योगले थाल्यो क्लिंकर निर्यात


काठमाडौं । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले भारतीय बजारमा क्लिंकर निर्यात गर्न थालेको छ । व्यावसायिक घराना शंकर ग्रुप, गोल्छा ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा सिरहाको मिर्चैयामा स्थापित उद्योगले क्लिंकर निर्यात गर्न थालेको हो । शौर्य सिमेन्टका प्लान्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले रिबन काटेर निर्यातको सुरुवात गरेका छन् । उदयपुरको चुनढुंगाबाट उत्पादन गरिएको क्लिंकर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरीय चुनढुंगा सम्मिश्रण रहेको कम्पनीको दाबी छ । भारतका सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृत भएपछि क्लिंकर निर्यात गर्न थालेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२०७८ माघबाट व्यावसायिक उत्पादन थालेको उद्योगको क्षमता ३ हजार मेट्रिक टन छ । उद्योगले ५३ र ४३ ग्रेडमा ओपीसी तथा पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । यसअघि नेपालबाट आरएमसी ग्रुपको कम्पनी पाल्पा सिमेन्ट उद्योगले उत्पादन गरेको तानसेन ब्रान्डको सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको कम्पनी अर्घाखाँची सिमेन्ट उद्योगको अर्घाखाँची ब्रान्डको सिमेन्ट र सौरभ समूहको मुख्य लगानी रहेको सर्वोत्तम सिमेन्ट लिमिटेडको सर्वोत्तम ब्रान्डको सिमेन्ट भारत निकासी भइरहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *