नमस्ते पेबाट उडान टिकट खरिद गर्दा सय रुपैयाँ क्यासब्याक


काठमाण्डौं । नमस्ते पेले नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुलाई छुट अफर सार्वजनिक गरेको छ। मंसिर १५, २०८० देखि पुस १४, २०८० सम्म चल्ने नमस्ते पे ले जनाएको छ । अफर अनुसार नमस्ते पे मार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

उडानकर्ताहरूले क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नुपर्दैन । क्यासब्याक प्रति टिकट मान्य छ जसको अर्थ यात्रुले जति धेरै टिकट खरिद गर्नेछन्, उति नै बढी क्यासब्याक प्राप्त गर्नेछन् । नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरका साथसाथै भरपर्दो र सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *