दराज ११ः११ सेलमा लाखौँले पाए छुट


काठमाडौं । दराज ११ः११ सेलमा कार्तिक २५ गते सार्वजनिक भएको लाखौँ ग्राहकहरूले करोडौंको छुट पाएको कम्पनीले बताएको छ । यो वर्षको ११ः११ सेलमा ५० लाख ग्राहकले सामान खरिद गरेको दराजले बताएको छ । यस्तै, सेलमा १९,००० बिक्रेता सहभागी भएका छन् । ११ः११ सेलमा तेल, घिउ जस्ता रासनका सामानहरू अत्याधिक बिक्री गरेको दराज, दैनिक आवश्यकताका सामानहरूको गन्तव्य बनेको कम्पनीको भनाइ छ ।

दराजले देशका १०८ स्थानबाट सेवा प्रवाह गरिरहेको बताएको छ । सेल अवधिमा काठमाडौं उपत्यका बाहिरका खरिदकर्ताको संख्या ६०० प्रतिशतले बढेको कम्पनीले जनाएको छ । सेल सुरु भएको १९ मिनेटमै दराजले ५०० अर्डर प्रप्त गरेको र सो अवधिभर बिक्री ४६ प्रतिशत बढेको दराजले बताएको छ । दराजकी प्रवन्धक निर्देशक आँचल कुँवरले ग्राहकलाई उत्कृष्ट मूल्यमा सर्वोत्कृष्ट सामान उपलब्ध गराउँनमा प्रतिवद्ध रहेको बताएकी छन् । सेलमा ८०० भन्दा धेरै डेलिभरी कर्मचारी खटिएको र काठमाडौंदेखि महेन्द्रनगरसम्म करिब ५२२ किलोमिटरको सबै भन्दा लामो डेलिभरी गरेको दराजले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *