विमानस्थलबाट १४ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । बिहीबार राति फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट काठमाडौं आएका ४५ वर्षीय चन्द्र घलेलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो ।

विमानस्थल सुरक्षा कार्यालयका डीआइजी अर्जुन चन्द ठकुरीले बिहीबार राति ११ः५६ बजे आएका घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको जानकारी दिए । घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए ।

सुराकीको आधारमा भन्सार प्रमुख डा टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति उक्त परिमाणको बिस्कुट आकारको सुन बरामद गरेको हो ।

घलेको साथबाट बरामद भएको सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेपछि उनलाई पनि बिहीबार राति नै धुमबराहीबाट पक्राउ गरिएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न हुनसक्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *