सेयर बजारमा ‘सर्किट ब्रेक’, कारोबार बन्द

काठमाडौं । खुला भएको ५ मिनेटमै सेयर बजार उच्च अंकले बढेपछि कारोबार बन्द भएको छ ।

साताको पहिलो दिन आज नेप्से परिसूचक बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा ४ प्रतिशतले बढेपछि शेयर कारोबार बन्द गरिएको हो । २०१ कम्पनीको ४ लाख ७७ हजार २३१ कित्ता सेयर १६ करोड ५२ लाख ८० हजार ८९० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा त्रिशुली जलविद्युत कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक, आँखाखोला जलविद्युत कम्पनीको सेयर मूल्य बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *