देशको दिगो रक्षाका लागि एमालेको एकल बहुमतको आवश्यक छ : अध्यक्ष ओली

सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको दिगो रक्षाका गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राअन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशको रक्षा गर्न सक्ने बताएका हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आन्तरिक र बाह्य शक्ति मिलेर एमाले पार्टी फुटाउने र कमजोर बनाउने षडयन्त्र भएपनि लोकप्रिय पार्टी बन्न सफल भएको दावी गरे । एमाले सरकारले गरेका कामबाट तर्सेर विभिन्न शक्ति मिलेर एमालेलाई सरकारबाट हटाइएको उनको आरोप छ ।

अध्यक्ष ओलीले भने, ‘एमाले सरकारमा भएका बेला गरेका कामले देशमा अरु कुनै वैकल्पिक शक्ति नरहेको स्पष्ट छ । एमालेले नाकाबन्दीको सामनादेखि उत्तर दक्षिण सडकलगायतका विकासमा काम गरेको सबैलाई थाहै छ ।’ उनले सो सभामा भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *