धनगढीलाई पराजित गर्दै झापाको प्ले अफमा दाबेदारी


काठमाडौं । झापा एफसीले धनगढी एफसीलाई पराजित गर्दै नेपाल सुपर लिग एनएसएलको प्ले अफको दाबेदारी कायम राखेको छ । धनगढीलाई २ ० ले हराउँदै झापा १० अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ र उसको प्ले अफ संभावना कायम रहेको छ । झापालाई जिताउन अञ्जन विष्टले ५३ औं तथा समिराज थोकरले ७६ औं मिनेटमा गोल गरेका थिए । छिरिङ लामाले दायाँ भागबाट दिएको क्रसमा अन्जनले बक्स भित्रबाट हेडमार्फत गोल गरे । जारी सिजन अन्जनको यो पहिलो गोल हो । यस्तै ७६ औं मिनेटमा थोकरले अर्को गोल थपेर झापाको अग्रता दोब्बर पारे ।

सुरुमा धिरज थतालीले प्रदीप लामालाई पास दिएका थिए । प्रदीपले जोर्ज सान्चेजलाई पास दिए । सान्चेजले हानेको बलले गोल लाइन क्रस गर्नै लाग्दा समिराजले टच गर्दै गोल गरे । हारपछि पनि धनगढीको प्ले अफ संभावना कायमै छन । धनगढीको ७ खेलबाट १२ अंक छ र उ तालिकाको दोस्रो स्थानमा छ । झापा चौथो स्थानमा उक्लिएपछि डिफेन्डिङ च्याम्पियन काठमाडौ रेजर्स पाँचौं स्थानमा झरेको छ । आजको खेलको नतिजाले बुटवल लुम्बिनी एफसी र चितवन एफसीको प्ले अफ पुग्ने संभावना सकिएको छ । स्पोर्टिङ्ग इलामको प्ले अफ यात्रा यसअघि नै सकिएको थियो । ९ टिम सहभागी प्रतियोगिताका शीर्ष ४ टिम प्ले अफमा पुग्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *