राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् ।

आज भएको संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन् । नियुक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । उनीहरुलाई नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

न्यायपरिषद्ले उनीहरुको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ भएकामा बुधबार नै अनुमोदन भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *