श्रीलंकाका परराष्ट्रमन्त्री साब्रीले गरे चन्द्रागिरी भ्रमण

काठमाडौं । नेपाल भ्रमणमा रहेका श्रीलंकाका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री शुक्रबार काठमाडौंको प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरी पुगेका छन् ।

शुक्रबार अपरान्ह चन्द्रागिरी पुगेका परराष्ट्रमन्त्री साब्रीलाई चद्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका थिए । साथै, अध्यक्ष ढकालले मन्त्री साब्रीलाई त्यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराएका थिए ।

चद्रागिरी हिल्सका निमित्त महाप्रबन्धक श्याम तण्डुकारका अनुसार परराष्ट्रमन्त्री साब्री खुलेको आकाश लहरै देखिएका सुन्दर हिमालका दृश्यले निकै मोहित भएको विदेशमन्त्री साब्री बिभिन्न स्थानमा सेल्फी खिच्दै रमाएका थिए ।

चन्द्रागिरि हिल्स दक्षिण एशियाकै एक महवपूर्ण पर्यटकीय र धार्मिक गन्तव्यका रुपमा विकास भइरहेको छ । सो हिल्समा केबलकार चढेर यसअघि पनि विभिन्न देशका सरकारप्रमुख तथा राष्ट्राध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यक्तित्वहरु पुगेका छन् ।

यसअघि यहाँ चिनियाँ विदेशमन्त्री वाङ यी पनि पुगेका थिए । विदेशमन्त्री यीले यहाँबाट केही तलसम्म ट्रेकिङ पनि गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *