नेपाल औषधि व्यवसायी संघ भक्तपूर शाखाको अध्यक्षमा पुनः भुषाल

भक्तपुर । नेपाल औषधि व्यवसायी संघ भक्तपूर जिल्ला शाखाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट नयाँ कार्यकालका लागि पुनः नारायण प्रसाद भुषालको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । उद्घाटन सत्र पश्चातको बन्द सत्रको निर्णयले अध्यक्षमा नारायणप्रसाद भुषाल ,वरिष्ठ उपाध्यक्षमा बिनोदकुमार सापकोटा ,थोक आयाततर्फ उपाध्यक्षमा किरण माकाजु श्रेष्ठ, खुद्रा तर्फ उपाध्यक्षमा किरण माकाजु श्रेष्ठ, खुद्रा तर्फ उपाध्यक्षमा सिताराम खाइतु, महासचिबमा संचार सिंह तामांग, कोषाध्यक्षमा चेतन शाक्य ,सचिवमा कपिल कसपाल, उप कोषाध्यक्षमा तर्न बहादुर श्रेष्ठ, सदस्य थोक तर्फ कृष्णराज बुढाथोकी, सदस्य खुद्रातर्फ मणिराज श्रेष्ठ र अन्य सदस्यहरुमा शर्मिला लोहला, रोहित मानन्धर, सुनिल कोजु र मनोनित सदस्यमा मुरारी नेपाल चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खंदेवाला, बिशेष अतिथिमा भक्तपूर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, भक्तपूर चेम्बर अफ कमर्शका नवनिर्वाचित अध्यक्ष कबिदास श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका भक्तपुरका अध्यक्ष शिवप्रसाद मानन्धरको उपस्थिति रहेको थियो। साथै बागमती प्रदेश अध्यक्ष ध्रुब नारायण श्रेष्ठ, केन्द्रीय महासचिब श्रीधर खनाल, केन्द्रीय आयात तर्फ रामचन्द्र शर्मा, बागमती प्रदेश महासचिव सुनिल श्रेष्ठ, काठमाण्डौ जिल्ला कार्यवाहक अध्यक्ष शुभामान श्रेष्ठ, ललितपुर जिल्ला अध्यक्ष इन्द्रबीर महजर्न ,काभ्रे जिल्ला अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, धादिङ्ग अध्यक्ष नवराज लम्साल, नुवाकोट जिल्ला अध्यक्ष तनकमान श्रेष्ठ, भक्तपुर अस्पतालका अध्यक्ष रमण कायस्थ अतिथिका रुपमा उपस्थित रहेको थिए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *