आज सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज (बुधबार) पनि सुनुवाइ हुँदैछ ।

अन्तिम सुनुवाइ सुरु भए पनि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो । न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु गरिएको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको हो ।

यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *