नेपाली कांग्रेसद्वारा बालकुमारीमा भएको घटनाको छानबिनको माग,घटनाप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिनको माग गरेको छ ।

कांग्रेसका सूचना विभाग प्रमुख मीन विश्वकर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बालकुमारीमा भएको घटनाप्रति कांग्रेसको ध्यानाकर्षण भएको उल्लेख गर्दै घटनाको छानबिन गर्न माग गरेका हुन् । उनले प्रदर्शनकारीले उठाएका मागप्रति गम्भीर बन्न सरकारलाई आग्रह गर्दै घटनामा घाइते भएकाको उचित उपचार गर्न माग गरेका छन् ।

उनले भनेका छन्(

कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारी स्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ । नेपाली कांग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ ।

घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानविन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ ।

साथै, हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन हार्दिक अपिल गर्दछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *