सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं । सन्दीप लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनीविरुद्धको आरोप पुष्टि गरेको छ । उनीमाथि बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । गौशाला २६ (छ) बालिक ठहरिन् । सजाय तोक्नका लागि आगामी पुस २५ गतेलाई पेसी तोकिएको छ । गत वर्षको भदौ २१ मा काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा उनीविरुद्ध नाबालिगमाथि बलात्कार गरेको उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनी असोज २० मा पक्राउ परेका थिए । जाहेरीमा सन्दीपले ती किशोरीलाई भदौ ५ गते राति होटेल काठमाडौं इनमा लगेर बलात्कार गरेको उल्लेख थियो ।
नाबालिक दाबी गरिएकी गौशाला २६ (छ) अदालतद्वारा बालिक ठहर
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौं जिल्ला अदालतले शुक्रबार लामिछानेलाई दोषी ठहर गरेको हो । न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले उनलाई दोषी ठहर गरेको हो । लामिछानेलाई बलात्कारको आरोप लगाउने गौशाला २६ (छ)लाई पनि ढकालको इजलासले बालिक ठहर गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *