गुरुजीबाट साहुजी बनाउने अशोक लेल्यान्डको योजना

काठमाडौं । अशोक लेल्यान्ड गाडीका लागि नेपालको आधिकारिक बिक्रेता आइएमई मोटर्सले ‘गुरुजीबाट साहुजी २०२४’ बनाउने योजना ल्याएको छ । मात्र १ लाख ५० हजार रुपैयाँमा दोस्त गाडी खरिद गर्न सकिने गरी कम्पनीले यो योजना ल्याएको हो । गत वर्ष पनि यस प्रकारको योजना कम्पनीले ल्याएको र चालकहरुलाई स्वरोजगार बनाउने उद्देश्य अनुसार अभियान सञ्चालन गरिएको कम्पनीेका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरणिकले बताए । अशोक लेल्यान्डका लाइट कमर्सियल भेइकल (दोस्त) सिरिजका गाडीहरुमा यो योजना लागु गरिएको छ ।

यो योजना अन्तर्गत ८० प्रतिशतसम्म बिना धितो कर्जा शुलभ ब्याजदरमा उपलब्ध हुनेछ । पाँच वर्षको वारेन्टी सुविधा पनि उपलब्ध छ । शक्तिशाली डिजेल इन्जिनमा उपलब्ध यो गाडी पावर डेलिभरीका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । माइलेज पनि राम्रो रहेकाले दोस्तका ग्राहकहरु लाभान्वित हुने कम्पनीले जनाएको छ । अरुको गाडी चलाइरहेका गुरुजीलाई आफ्नै गाडी खरिद गरी व्यापार व्यवसाय गर्न तथा स्वरोजगार बन्न यो योजना लाभान्वित हुने कम्पनीको विश्वास छ । अशोक लेल्यान्डका शाखाहरुबाट योजनाका बारेमा विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *