सीप बिल्डिङमा आवेदन दिएका सबैले ईपीएस परीक्षा दिन पाउने, अदालतले दियो आदेश

काठमाडौं । सीप बिल्डिङमा आवेदन दिएका सबै आवेदकले ईपीएसको परीक्षा दिन पाउने भएका छन् । उच्च अदालत पाटनले आदेश दिएसँगै सीप बिल्डिङमा आवेदन दिएकाहरू सबै ईपीएस परीक्षामा सामेल हुन पाउने भएका हुन् । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ,‘‘निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२९१० बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नू । यसअघि सीप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने भनिएको थियो । अदालतको आदेशसँगै अब उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएका सबैले आवेदन फारम भर्न पाउने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *