टुटलका संस्थापक भट्ट थुनामुक्त

काठमाडौं । राइड शेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्ट थुनामुक्त भएका छन् ।

भट्टलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति नदिएपछि उनी थुनामुक्त भएका हुन् । टुटलको शेयर बिक्री सम्बन्धि विवादमा प्रहरीमा उजुरी परेपछि उनलाई विहिबार राति काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो ।

प्रहरीले उजुरीकर्तालाई पनि बोलाएर सामूहिक छलफल गरेको थियो। तर त्यसमा सहमति नभएपछि थुनामा राखेर अनुसन्धान गर्न भन्दै अदालतमा उपस्थित गराइएको थियो । तर अदालतले अनुमति नदिएपछि उनलाई रिहा गरिएको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *